उद्योगमन्त्रीमा उमेश श्रेष्ठ कि सुजता कोइराला ?

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीमा उमेश श्रेष्ठको चर्चा चलेको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्रको रूपमा चिनिएका श्रेष्ठ यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए । तर, २२ असोजपछि उनी विना विभागीय राज्यमन्त्री भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका छन् । 

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री गजेन्द्र हमालको राजीनामापछि श्रेष्ठलाई उक्त मन्त्रालयको नेतृत्व दिने तयारी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार श्रेष्ठको कार्यसम्पादनप्रति प्रधानमन्त्री देउवा सन्तुष्ट छन् । त्यही भएर श्रेष्ठलाई नै उद्योग मन्त्रालयको नेतृत्व दिने तयारी देउवाको रहेको स्रोतको दाबी छ । 

यदि, श्रेष्ठ उद्योगमन्त्री नभएको अवस्थामा सुजाता कोइराला मन्त्री हुने भनिएको छ । सुजता यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेकी छिन् । 
सुजाताले मन्त्रालयको जिम्मेवारी लिन तयार देखिए देउवा उनलाई दिन तयार भएका हुन् । 
 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १६:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया