चक्कु प्रहार गरी बेलायतमा एक सांसदको हत्या

बेलायतमा चक्कुले प्रहार गरी कन्जर्भेटिभ सांसद सर डेभिड अमेसको हत्या भएको छ ।

प्रहरीले ले–अन–सीको एक चर्चमा भएको हमलामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ।

उनको साथबाट प्रहरीले चक्कु समेत बरामद गरेको छ । साउथ एन्ड वेस्टका सांसद डेभिड आम सर्वसाधारणसँग प्रत्यक्ष भेट हुने कार्यक्रममा सहभागी थिए ।

सांसदमाथि चक्कु प्रहार भएलगत्तै प्रहरी पुगेपनि उनको मृत्यु भइसकेको थियो । 
 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार ७:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया