चीन–लाओसबीच डिसेम्बरबाट बुलेट ट्रेन सेवा सुरु हुने, दुई दिनको यात्रा तीन घण्टामा

चीन र लाओसबीच छिट्टै बुलेट ट्रेन सेवा सुरु हुने भएको छ । चीन–लाओस रेलवे कम्पनी लिमिटेडको लागि बनेको चिनियाँ बुलेट ट्रेन कम्पनीलाई बुझाइएको छ । ट्रेन शनिबार स्टेशनमा पुगेको जनाइएको छ । 

विएनटिआन स्टेशन​मा एक समारोहबीच बुलेट ट्रेन चीन–लाओस रेलवे कम्पनी लिमिटेडलाई बुझाइएको थियो । लाओसको राजधानीमा बुलेट ट्रेनको स्टेशन निर्माण कार्य सम्पन्न भइसकेको छ । ​

लाओसले इतिहासमा पहिलो पटक बुलेट ट्रेन सेवा सुरु गर्न लागिएको जनाएको छ । यसलाई लाओसले चीनसँग मित्रताको प्रतीक मानेको छ । 

लाओसले चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स र लाओसको रणनीतिबीच एक ऐतिहासिक उपलब्धि भएको समेत जनाएको छ । बुलेट ट्रेनले जमिनबाट घेरिएको देशबाट जमिनले जोडेको देशमा लाओस परिणत भएको छ । 

चीन–लाओस बुलेट ट्रेन सेवाको औपचारिक सुरुवात आगामी डिसेम्बर २ दिन गरिने लाओसले बताएको छ । डिसेम्बर २ लाओसको राष्ट्रीय दिवस हो । यो सेवा सुरु भएपछि चीन लाओसबीचको​ यात्रा दुईबाट घटेर तीन घण्टामा सिमित हुनेछ । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १४:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया