logo-img

कर्णालीको बाँध फुट्यो, नदी आसपासका वस्ती उच्च जोखिममा

कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि नदी आसपासका वस्ती उच्च जोखिममा परेका छन् । 

कर्णालीको बाँध फुटेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ जारी गरेको छ । 



‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’ 

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए । 

दिउँसो ३ बजे पानीको सतह १२.६० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० मिटर पुगे खतराको तह मानिन्छ । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ । पानी निरन्तर परिरहेको खतरा झन् बढ्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १५:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया