आर्यनलाई जमानत दिन अदालतको अस्वीकार

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुद्दामाथि छैटौं पटकको सुनुवाइ भएको छ। बुधबार भएको छैटौं पटकको सुनुवाइमा पनि आर्यनलाई जमानत दिन मुम्बईको एनडिपिएस अदालतले अस्वीकार गरेको छ ।

मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यनलाई ड्रग्स किनेको र सेवन गरेको आरोपमा एनसिबीले मुम्बईको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको हो । उनीसँगै मुनमुन धमीचा र अरबाज मर्चेन्ट पनि पक्राउ परेका थिए । अदालतले धमिचा र मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरेको छ ।

यो खारेजीसँगै आर्यन अझै केही दिन जेलमा नै रहनेछन् । अब उनको जमानतका लागि मुम्बईको उच्च अदालतमा निवेदन दिने आर्यनका वकिलले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १२:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया