logo-img

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी (लामा) को निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन् । 

उनको केही दिनदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको थियो । 

उनले नेपाली कांग्रेस, सिन्धुपाल्चोकका सभापति विकास लामाकी श्रीमतीसमेत हुन् । उनको उपचारका क्रममा आज बिहान ७ बजे निधन भएको हो । 



२०७४ को स्थानीय निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित उपाध्यक्ष अधिकारी (लामा) कांग्रेसको राजनीतिमा सक्रिय थिइन् ।

 






  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १४:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया