आज ५१३ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ९ सय ३१ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ८१७ जना निको भएका छन् ।  कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया