सुर्खेतमा जिप दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कुमाख गाउँपालिका-२ धावनखोलामा सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरकाे जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् । 

घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ। तीनै जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ । अन्य घाइतेहरूकाे भने सल्लीबजारमा उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार जिप सडकबाट झन्डै ६० मिटर तल खसेको थियाे । दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।
 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १२:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया