हिरो होइन, रेस्लर बन्न चाहन्थे बरुण

एजेन्सी– बलिउड अभिनेता बरुण धवनले पछिल्ला वर्षहरुमा निकै राम्रो गरिरहेका छन् । सन् १९८७ को अप्रिल २४ मा जन्मिएका यी अभिनेताले बिजेनस म्यानेजमेन्टको पढाइ गरेका हुन् । 

तर, उनले आफ्नो अध्ययनको क्षेत्र छोडेर अभिनयलाई रोजेका छन् । तर, उनको पहिलो रोजाइको क्षेत्र भने अभिनय थिएन । उनी त रेस्लर बन्न चाहन्थे । 

वरुणले स्टुडेन्ट अफ द इयरबाट आफ्नो करिअर सुरु गरेका हुन् । उनको चकलेटी रुपमा प्रशंसकहरुले निर्क मन पराए, तर उनले बदलापुर र एबिसिडी २ बाट आफू भर्सटायल अभिनेता भएको प्रमाणित गरिदिए ।

वरुणले अहिलेसम्म १४ फिल्ममा काम गरिसकेका छन् ।   





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १९:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया