प्रधानन्यायाधीशलाई महाभियोग लगाउने बारे छलफल भएको छैन : नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् । 

‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल भएको छैन,’ धनगढी विमानस्थलमा बिहिबार भएको पत्रकार सम्मेलनमा उनले भने । 

यसअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाउने र न्यायपालिकामाथि हस्तक्षेप नगर्ने बताएका थिए । 

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्टी जनाउँदै अहिले सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन् । 

यस्तै, बार, पूर्व प्रधान्यायाधीशहरु र न्यायाधीश फोरम, नेपालले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने सडकबाट माग्दै राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । 






  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १२:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया