ला लिगा : बराबरीमा रोकियो एट्लेटिको मड्रिड

ला लिगा अन्तर्गत बिहिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली लेभान्टेसँग २-२ को बारबरी खेलको छ ।

खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजम्यानको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । ३७औं मिनेटमा इनिस बारदीले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । 

लुइस सुआरेजले भेजोलाई फउल गरेपछि रेफ्रीले घरेलु टोलीलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा इनिस चुकेनन् ।

७६औं मिनेटमा म्याथुज कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २-१ ले अघि बढाए । 

८०औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमिओन दोहोरो पहेँलो कार्ड खाँदै टच लाईनबाट बाहिरिए । 

९०औं मिनेटमा इनिस बारदीले पेनाल्टीमै गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । 



म्याथुज कुन्हाले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि रेफ्रीको भिएआरको सहायता लिदै लेभान्टेलाई पेनाल्टीको अवसर दिए थिए । त्यसलाई इनिसले खेर फालेनन् । 

थप गरिएको समयमा रोवेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभान्टे १० खेलाडीमा समेटिन पुगेको थियो ।



यो बराबरीपछि एट्लेटिको १० खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिदा ११ खेलबाट लेभान्टे ६ अंकका साथ १९औं स्थानमा छ । 

  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ९:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया