काेप-२६ मा चीन र रुसकाे सहभागी नहुँदा बाइडेनले गरे आलाेचना

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धि चलिरहेको कोप-२६ बैठकमा चीन र रुसका शीर्ष नेताको सहभागी नहुँदा आलोचना गरेका छन् ।

गए राति आफ्नो भाषणको क्रममा बाइडेनले आलोचना गरेका हुन् ।

बाइडेनले भने, ‘वास्तविकता यो हो कि चीन आफूलाई विश्वको लिडरको रूपमा देखिन चाहन्छ । उ देखिएको छैन । सी जिनपिङले एक ठूलो गल्ती गरे ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा बाइडेनले रुसको जंगलमा लागेको आगो बारेमा राष्ट्रपति चुप बसेको आरोप लगाए ।

ग्लास्गो सहमा भइरहेको कोप-२६ शिखर सम्मेलनमा १२० भन्दा धेरै नेता सहभागी भएका छन् । 

चीन विश्वको सबैभन्दा धेरै कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देश हो । अमेरिका, भारत र युरोपीय संघपछि पाचौं स्थानमा रुस रहेको छ । 



बैठकमा सहभागी भएका देशले सन् २०३० सम्म मिथेनको स्तर कम गर्नुका साथै जंगल फडानी रोक्नका लागि प्रतिबद्धता जनाएका छन् । चीन र रुसले पनि यस विषयमा प्रतिबद्धता जनाएका छन् ।

बाइडेनले भाषण गर्नुभन्दा पहिले रुसी राष्ट्रपति पुटिनले भर्चुअल रूपमा आफ्नो भाषण दिएका थिए । उनले भाषणको क्रममा रुसले जंगल संरक्षणका लागि सबैभन्दा दृढ र तीव्र गतिले काम गरेको बताए ।
 



  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १०:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया