उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति

उदयपुरको त्रियुगा नगरपालिका-१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात विद्युत सर्ट भई आगलागी भएको छ । राति करिब पाैने एक बजेतिर एक्कासी विद्युत सर्ट भएर आगलागी भएको हो । 

त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो  । साँझ दिपावली गरेर हिँडेका उनीहरूको पसलमा एक्कासि विद्युत सर्ट भई आगलागी भएको स्थानीयले बताए ।

राति अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् । 

आगलागीबाट ३५ वटा मोटरसाइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए । 

-न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ११:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया