टि-२० विश्वकप : इंग्ल्यान्डको पहिलो हार, जितका बाबजुत पनि बाहिरियो दक्षिण अफ्रिका

आइसिसी टि-२० विश्वकपमा सुपर १२ को समूह ‘१’ अन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ ।

१९० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका मोइन अलीले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । लियाम लिभिङस्टोन २७ र कप्तान ओइन मोर्गन १७ रनमा आउट भए ।

ओपनर जेसन रोय १५ बलमा ४ चौकासहित २० रनमा रिटायर्ट हर्ट भए ।

तीव्र गतिका बलर कागिसो राबडाले अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए । उनले २०औं ओभरको पहिलो बलमा क्रिस वोक्सलाई एनरिच नोर्खियाबाट ७ रनमा क्याच गराए । दोस्रो बलमा कप्तान मोर्गनलाई केशव महाराजबाट क्याच गराए । तेस्रो बलमा क्रिस जोर्डनलाई शून्यमा डेविड मिलरबाट क्याच गराउँदै ह्याट्रिक पूरा गरे । 

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शाम्सीले र ड्वेन प्रिटोरियसले समान २ तथा एनरिच नोर्खियाले १ विकेट लिए ।



त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि रास्सी भान डर डुसेनले ६० बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ९४ रनको उत्कृष्ट अविजित पारी खेले ।



एडेन मार्करम २५ बलमा २ चौका र ४ छक्कासहित ५२ रनमा अविजित रहे । क्विनटन डी कक २७ ३४ रनमा आउट भए । 

तेस्रो विकेटका लागि डुसेन र मार्करमले ५२ बलमा अविजित १०३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो योगफल तयार पारेको थियो ।

इंग्ल्यान्डका लागि मोइन अली र आदिल राशिदले १-१ विकेट हात पारे ।

जितपछि शीर्ष तीनको समान ८ अंक भएपनि नेट रनरेटको आधारमा पछि पर्दा दक्षिण अफ्रिकाको यात्राअघि बढ्न सकेन ।

नेट रनरेटको आधारमा अघि रहँदै इंग्ल्यान्ड समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरे ।

इंग्ल्यान्डको प्लस २.४६४ अष्ट्रेलियाको प्लेस २.२१६ र दक्षिण अफ्रिकाको प्लस ०.७३९ नेटरनरेट छ ।

सेमिफाइनलमा इंग्ल्यान्ड समूह ‘२’ को उपविजेता तथा अस्ट्रेलियाले विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ८:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया