टि–२० विश्वकप : फाइनलमा पुग्ने लक्ष्यमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड

आइसिसी टि–२० विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा बुधबार इङ्ग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दैछ । 

खेल नेपाली समय अनुसार राति पौने ८ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

इङ्ल्यान्डले सुपर १२ बाट समूह ‘१’ को विजेता तथा न्युजिल्यान्डले समूह ‘२’को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । 

दोस्रो टि–२० विश्वकप उपाधि उचाल्ने लक्ष्यमा रहेको इङ्ल्यान्ड आज जित हात पार्दै तेस्रोपटक फाइनल पुग्ने सोचमा छ ।

सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै उपाधि उचालेको इङ्ग्ल्यान्ड सन् २०१६ मा वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

पहिलो टि–२० विश्वकप उपाधिको खोजिमा रहेको न्युजिल्यान्ड पनि जित हात पार्दै पहिलोटक फाइनल पुग्न चाहन्छ ।



यी दुईले टि–२० विश्वकपका ५ खेलमा एक अर्काको सामना गर्दा इङ्ग्ल्यान्ड ३ र न्युजिल्यान्ड २ खेलमा विजयी भएका छन् ।

सन् २००७ को पहिलो भेटमा न्युजिल्यान्ड ५ रनले विजयी हुँदा सन् २०१६ को पछिल्लो भोटमा इङ्ग्ल्यान्डले ७ विकेटको जित हात पारेको थियो ।



त्यस्तै सन् २०१० र २०१२ मा इङ्ग्ल्यान्ड तथा सन् २०१४ मा न्युजिल्यान्ड विजयी भएका थिए । 


 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार ७:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया