भारतकी प्रख्यात लेखिका मन्नु भण्डारीको निधन भएको छ । भण्डारीको हिजो (सोमबार) हरियाणाको गुडगावको एक निजी अस्पतालमा भएको हो ।
९१ वर्षीया भण्डारी केही दिनदेखि बिरामी थिइन् । उनको हरियाणाको एक अस्पतालमा उपचार भइरहेको थियो । सोही अस्पतालमा उपचारकै क्रममा उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
भण्डारीको जन्म सन् १९३१ मा मध्य प्रदेशको भानपुरामा भएको थियो । भण्डारीको पहिलो उपन्यास ‘एक इन्च मुस्कान’ सन् १९६१ मा प्रकाशित भएको थियो ।
भण्डारीका ‘महाभोज’ र ‘आपका बन्टी’ उपन्यास निकै चर्चित कृति हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।