लोकसभाका पूर्वसांसदसमेत रहेका भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले दलितको समस्या नेपालमा पनि भारतमा जस्तै रहेको बताएका छन् ।
नेपाल भ्रमणका क्रममा बुधबार बिहान जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक र धार्मिक स्वरुप एउटै रहेकाले दलितहरूको समस्या पनि उस्तै रहेको बताए । उनले भारतप्रति यहाँका सबै जनताको मुटुमा प्रेम र स्नेह देखेको पनि बताए ।
उनले केही नेतासँग भेटघाट भए पनि आफू राजनीतिक भ्रमणमा यहाँ नआएको बताए । शास्त्रीले आफू सामाजिक र धार्मिक यात्रामा आएको र यहाँ सामाजिक तथा केही धार्मिक संघ संगठनसँग आफ्नो अन्तरक्रिया भएको बताए ।
जनकपुरधाममा उनलाई दलित अगुवा तथा मधेसवादी दलका नेताहरूले स्वागत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।