विद्यालयका हेडमास्टर सक्रिय छन् कि छैनन् ? तथ्यांक ल्याउनुस् : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापक (हेटमास्टर)को कार्यसम्पादन बारेको तथ्यांक मागेका छन् ।  

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार र बिहीबार आयोजना गरेको शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्यांक मागेका हुन् ।  

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्यांक ल्याउनुस् ।’

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिए । 

विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचिअनुसारको शिक्षकबाट अध्ययन गर्न पाउनुपर्ने औँल्याए । 

क्षेत्राधिकारभित्रका काम तत्काल थाल्न निर्देशन 



मन्त्री पौडेलले क्षेत्राधिकारभित्रका काम तत्काल थाल्न निर्देशन दिएका छन् । उनले भने, ‘ऐन नियम र कानुनको समस्या छ भन ेत्यसलाई समाधान गरौँ, हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेशमार्फत त्यो ऐन आउने बताए । 



उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको भन्दै चाँडै पास हुनेमा विश्वास व्यक्त गरे ।   

शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको मन्त्री पौडेलले बताए ।  

उनले २०औँ वर्षसम्म पनि सम्झनलायक हुनेगरी काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरे । 

कार्यक्रममा शिक्षासचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासका महानिर्देशक चुरामणि पौडेललगायतले बोलेका थिए । 

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २२:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया