कांग्रेस महाधिवेशन: गोपालमानलाई विमलेन्द्रको समर्थन !

नेपाली कांग्रेसको संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवार टुंगो लाग्न बाँकी छ । उम्मेदवारी घोषणा गर्न त पूर्व कार्यवाहक सभापतिसमेत रहेका नेता गोपालमान श्रेष्ठले गरे ।

हाल उनी गृहजिल्ला स्याङ्जामा छन् । उनले फरकधारसँग भने, ‘विमलेन्द्र निधिजीले गोपालमान दाइलाई शेरबहादुर दाइले सभापति पदमा प्रस्ताव गर्नुभयो म पनि समर्थन गर्छु भनेर बचन दिनुभएको छ ।’

नेता निधि कांग्रेसको बहालवाला उपसभापति हुन् । नयाँ बानेश्वर नजिक थापा गाउँमा सम्पर्क कार्यालय स्थापना गरेर प्रचारमा जुटिसकेका छन् ।

तैपनि श्रेष्ठलाई समर्थनको वचन २८ कात्तिकमा केन्द्रीय समिति बैठक बस्नुअघि निधिले दिएका हुन् । त्यसबेला सभापति देउवा, श्रेष्ठ र निधिबीच गोप्य छलफल भएको थियो ।

छलफलमा देउवाले दुवै नेतालाई भनेका थिए, ‘म फेरि एकपटक सभापति उठ्छु, सहयोग गर्नुपर्‍यो । पछि म हेरिदिउँला ।’

जतिबेला श्रेष्ठले भने, ‘तपाईंको अर्जुनदृष्टि प्रधानमन्त्रीमा लैजानुपर्‍यो । आफ्नो विश्वास पात्रलाई उत्तराधिकारी बनाउनुपर्‍यो । तपाईंको तर्फबाट म उम्मेदवार हुनुपर्‍यो । छिमेकी देश भारतमा मोदी पार्टी अध्यक्ष बनेनन् प्रधानमन्त्री बने । तर, तपाईं त दुई चोटि पार्टी सभापति पनि बनिसक्नुभयो । अब, तपाईं निरन्तर प्रधानमन्त्री बन्ने ।’



निधिले भने देउवालाई सहयोग गर्न नसकिने दोहोर्‍याएका थिए । ‘तपाईंलाई १३औं महाधिवेशनमा पनि सहयोग गरेँ । अब मलाई गर्नुहोस्’ उनले भनेका थिए ।

यसरी आ–आफ्नो अडानमा अडिक रहेपछि उनीहरू त्यसै बैठकबाट उठेका थिए ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:२८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया