मेस्सीका उपाधि

सन् १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका लियोनल मेस्सी विश्व फुटबल इतिहासकै एक उत्कृष्ट प्रतिभा हुन् । उनले सन् २००४ देखि बार्सिलोनाको ‘सी’ टिमबाट आफ्नो व्यवसायिक करिअर सुरु गरेका हुन् । 

विश्व फुटबलमा यस्ता कमै अवार्ड होलान् जुन मेस्सीले व्यक्तिगत रुपमा प्राप्त नगरेका हुन् । मेस्सीको कप्तानीमा यसै वर्ष अर्जेन्टिनाले कोपा अमेरिका कपको उपाधि जितेपछि राष्ट्रिय टोलीबाट उनको उपाधिको खडेरी पनि तोडिएको छ । 

मेस्सीले केही दिनअघि मात्रै पाँचौपटक गोल–५० अवार्ड हात पारे । व्यक्तिगत अवार्डका धनी मेस्सीले ६ पटक बालोन डि’ओर जितेका छन् । 

फिफा विश्वकप, फिफा यू–२० विश्वकप तथा फिफा क्लब विश्वकपमा गोल्डेन बल समेत उनले जितिसकेका छन् । 

त्यस्तै मेस्सी एक–एक पटक फिफा वर्षको उत्कृष्ट खेलाडी तथा फिफा वर्ष खेलाडी घोषित भएका छन् । 

दुई पटक युइएफए वर्ष खेलाडी घोषित भएका मेस्सीले सन् २००५ मा गोल्डेन ब्वाई अवार्ड हात पारेका थिए । 



६ पटक युरोपियन गोल्डेन बुट जितेका मेस्सीले ८ पटक पिचिची ट्रफी हात पारेका छन् । उनले दक्षिण अमेरिकी उत्कृष्ट खेलाडी, दशककै उत्कृष्ट खेलाडी लगायतका थुप्रै उपाधि हात पारेका छन् । 

लामो समय बार्सिलोनामा बिताएका मेस्सीले देश तथा क्लबका लागि फिफा यू–२० विश्वकप, कोपा अमेरिका, युइएफए च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकप, स्पेनिस सुपर कप लगायतका उपाधि जितेका छन् । 



वर्तमान समयका उत्कृष्ट खेलाडी मेस्सीले अब जित्न बाँकी रहेको एउटै उपधि हो, फिफा विश्वकप । उनी सन् २०१४ मा यो उपाधिको नजिक पुगेका थिए । तर फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि उनी उपाधि चुम्नबाट बन्चित भएका थिए । 

सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट भइसकेको छ । मेस्सीका लागि सम्भवतः यो अन्तिम विश्वश्कप हुनेछ । 

विश्व फुटबलमा आफूलाई उत्कृष्ट खेलाडीका रुपमा स्थापित गराएका मेस्सीलाई विश्वकपको उपाधि जित्ने यो अन्तिम अवसर हुनसक्छ । 
 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १२:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया