कांग्रेस महाधिवेशन : निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । उनले बेलुकी २३२ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन् । 

निधिले घोषणापत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणको सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जनाएका छन् ।

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रूपमा जोड्न पनि उम्मेदवार बन्न लागेको उनले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ६:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया