स्यालसँग ठोक्किएको जहाजमा सामान्य क्षति : बुद्ध एयर

बुद्ध एयरले स्यालसँग ठोक्किएको जहाजमा सामान्य क्षति पुगेको जनाएको छ । हिजो (बुधबार) काठमाडौंबाट नेपालगञ्ज उडेको कल साइन ४०७ नम्बरको जहाज अवतरणको क्रममा स्यालसँग ठोक्किएको थियो । 

सोही क्रममा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एयरले प्रष्ट पारेको छ । जहाजमा स्याल ठोक्किएर सामान्य क्षति पुगेपछि चालक दलसहित सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ । 

नेपालगञ्जमा रहेका यात्रुलाई लिनका लागि काठमाडौंबाट अर्को विमान पठाइएको थियो । 

नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिले पनि भएको भन्दै बुद्ध एयरले यो समस्या समाधानका लागि सरोकारवाला निकायको समेत ध्यानाकर्षण गराएको छ ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १२:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया