ए डिभिजन लिग : लयमा सातदोबाटो

ए डिभिजन लिगको शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १-० हराएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोका लागि अजयी मार्टिन्सको पासमा जर्सी नम्बर ६ का सुदीप गुरुङले  खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

त्यसपछि पनि खेलमा निरन्तर खेलमा छाएको सातदोबाटोले बलियो टोली थ्रीस्टारलाई दबाबमा राख्दै खेलेको हो ।

पहिलो  चरणको खेलमा ३-० ले  च्यासल युथ क्लबलाई पराजित गरेर बलियो ठहरिएको थ्रीस्टार क्लब नवआगन्तुक क्लब सातदोबाटोसँग भने पछि पारेको हो ।

दोस्रो हाफको ५१ औँ र ५२ औँ मिनेटमा खेलाडीलाई गरेको ट्याकल र रेफ्रीको निर्णयले असन्तुष्ट देखिएका थिए सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसी ।

८२औँ  मिनेटमा निशान खड्काले प्रहार गरेको कर्नरलाई  कप्तान विक्रम लामाले हेडर गरेका थिए । तर, उनको हेडर गोलपोष्ट माथि हुँदै बाहिरिएको थियो ।



थ्रीस्टारका गोलरक्षक गुल्लियमले प्रहार गरेका फ्रि किक सातदोबाटोका  गोलरक्षक अभिषेक बरालले क्याच गरे ।

दोस्रो  हाफमा थपिएको ६ मिनेटको इन्जुरी टाइममा पनि थ्रीस्टारले पाएको मौकालाई सदुपयोग गर्न सकेन । जसका कारण सातदोबाटो युथ क्लबले बलियो प्रतिस्पर्धी थ्रीस्टार  क्लबलाई १-० ले पराजित गरेको हो ।



थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले मिस पास धेरै भएकाे कारण खेल हारेकाे बताए ।

 ‘मिस पास धेरै भएको कारण खेल हारियो । बल पोजिसनमा राख्न सकेनौं । स्ट्राइकर ल्याउने तयारी भइरहेको छ । खेलाडी ल्याएपछि मात्र ठीक होला । सातदोबाटोको खेल राम्रो थियोे’, प्रशिक्षक श्रेष्ठले भने ।

 सातदाेबाटाे युथ क्लबका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘नवआगन्तुक भए पनि राम्रो खेल्यौं । नयाँ केटाहरूले राम्रो खेले । १३ वटा टोली नै प्रतिस्पर्धी हुन् । फिनिसिङ राम्रो बनाउन बाँकी नै छ । गत सिजन थ्रीस्टारमा खेलेका २ खेलाडीकाे खेल मैले याद गरिनँ । मैले मेरै टोलीको खेल मात्रै याद गरें ।’ 

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १५:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया