हालान्ड बुन्डेस लिगामा ५० गोल पूरा गर्ने कान्छो खेलाडी

नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले जर्मन बुन्डेस लिगामा सबैभन्दा कम उमेरमा ५० गोल गर्ने कीर्तिमान बनाएका छन् । 

वल्फ्सवर्गमाथि ३-१ को पुनरागमन जित निकालेको खेलमा एक गोल गरेपछि हालान्ड बुन्डेस लिगामा ५० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।

२१ वर्ष १२९ दिनको उमेरमा यो कीर्तिमान मान कायम गर्ने क्रममा हालान्डले ५० खेल लगाए । 

सन् २०१९/२० को ट्रान्फर विन्डोमा अस्ट्रियन क्लब आरबी साल्जबर्गबाट बेरुसिया डर्टमण्ड आएका थिए । 

बुन्डेस लिगाको पहिलो सिजन १५ खेलमा १३, दोस्रो सिजन २८ खेलमा २७ गोल गरेका हाल्यान्डले जारी सिजनको ७ खेलमा १० गोल गरिसकेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १०:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया