एमाले महासचिवमा शंकर पोखरेल फाइनल

नेकपा एमाले महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ । 

शनिबारको बन्द सत्रले दिएको म्यान्डेटअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत समिति निर्माण गर्दै छन् । 

जसअनुसार महासिचवमा शंकर पोखरेलको नाम फाइनल भएको स्रोतले जानकारी दिएको छ । 
 
महासचिवमा अर्का दाबेदार विष्णु पौडेल थिए । उनलाई ओलीले मनाएको बताइएको छ । 

भीम रावल, घनश्याम भुसाललगायतले प्रक्रियामा जानुपर्ने माग राख्दै आए रावललाई उपाध्यक्षमा र भुसाललाई उपमहासचिवमा दोहोर्याउने ओलीको तयारी छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया