कांग्रेस उपसभापति निधिले आफूअनुकूलका व्यक्तिको नाम घोषणा गरेको आरोप

नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले आफ्नै भाइलाई पार्टीको क्षेत्रीय सभापति बनाएको भन्दैकांग्रेस कार्यकर्ताले उपसभापति निधिसँग असन्तुष्टि जनाएक छन् । 
 
कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट उपसभापति निधिका भाइ श्याम निधि चयन भएका छन् । भाइलाई क्षेत्रीय सभापति बनाएको भन्दै पार्टीभित्रकै अन्य कार्यकर्ताले उनको विरोध गरेका हुन् । 
 
उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफूअनुकूलका व्यक्तिको नाम घोषणा गरेको क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले बताए । उपसभापति निधिले निधिले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिच्दै आजसम्म इतिहासमै नभएको काम गरेको उनको भनाइ छ । 

उनले भने,‘उपसभापति निधिले स्वयंलाई महाधिवेशन प्रतिनिधि र आफ्नो पत्नीलाई समेत महाधिवेशन प्रतिनिधि घोषणा गर्दै आफ्नो भाइलाई स्वेच्छाचारी ढंगले क्षेत्रीय सभापति बनाए । यो लोकतन्त्रको सरासर हत्या हो ।’

क्षेत्रीय प्रतिनिधिका उम्मेदवार शम्भुनाथ झाले पार्टीभित्र राम्रो सम्भावना भएकालाई घाँटी रेटेर तलै सिध्याउनु कांग्रेसी राजनीतिको संस्कार बनिसकेको आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया