भारतको राज्यसभामा चीन सम्बन्धि प्रश्न गर्न दिइएन

भारतीय जनता पार्टी (भाजपा)का सांसद सुब्रमण्यम स्वामीले आफूलाई राज्यसभामा चीनसँग जोडेर प्रश्न गर्न नदिइएको आरोप लगाएका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चिनियाँ सैनिक एलएसी पार गरी लद्दाखमा आएका छन् की छैनन् ? भन्ने मेरो प्रश्नलाई राष्ट्र हितमा सोध्न अनुमति दिन सकिदैन भन्ने राज्यसभा सचिवालयले मलाई सूचित गरेको छ ।’ 

राज्यसभाले आफूलाई दिएको सूचनाका बारेमा सांसद स्वामीले ट्वीटरमा थप लेखेका छन्, ‘यो त्रास होइन भने हास्यास्पद हो ।’ 

स्वामीको ट्वीटलाई बिभिन्न व्यक्तिहरुले रिट्वीट गर्दै प्रतिक्रिया समेत जनाएका छन् । भारतका चर्चित नेता योगेन्द्र यादवले स्वामीको ट्वीट रिट्वीट गर्दै लेखेका छन्, ‘लाजमर्दो ।’ 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया