हाम्रो पात्रो एपबाट दुई महिनामा भित्रियो १ करोडभन्दा बढीको रेमिट्यान्स

हाम्रो पात्रो एपबाट १ करोडभन्दा बढीको  रेमिट्यान्स नेपाल भित्रिएको छ । एपले यो सुविधा दुई महिनाअघि प्रयोगकर्तामाझ ल्याएको थियो । छोटो समयमै प्रयोगकर्ताले राम्रो साथ दिएकाले थप हौसला प्रदान भएको हाम्रो पात्रो एपले जनाएको छ । 

यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार  धन्यवाद व्यक्त गरेका छन् । 

‘सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा दिनु हो, अबको केहि समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुविधा सुरु गर्ने गृहकार्य गर्दैछौं । त्यसै गरि ‘इन्स्ट्यांन्ट ट्रान्सफर’ सुविधा चाँडै आउँदैछ,’ हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले भनेका छन् ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

हाम्रो पात्रो एपले नेपाली एपहरूमा नयाँनयाँ रेकर्ड कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो ।

पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ११:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया