पूर्वमन्त्री आचार्यको उपसभापति पदमा उम्मेदवारी घोषणाा

कांग्रेस नेता महेश आचार्यले पार्टीको उसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका उनी पूर्वमन्त्री पनि हुन् । महाधिवेशन हुन ६ दिन बाँकी छँदा आज विराटनगरमा पत्रकार सम्मेलन गरी आचार्यले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको विधान, नीति र प्रशिक्षणको नेतृत्व गर्न उपसभापति हुन चाहेको बताए ।

पत्रकारहरूसँग बाेल्दै उनले भने, ‘वैचारिक हिसाबले कांग्रेस विचार शून्य बन्दै गएको छ । सैद्धान्तिक र वैचारिक छलफल हुन छोडेको छ । पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्रै हाबी भयो।’

उनी उपसभापति पदमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेता पनि भएका छन् । उपसभापति पदका आकांक्षीहरू भने धेरै छन् ।
 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १३:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया