नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् ।
बानियाँले जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन् ।
बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका छन् ।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो ।
निर्वाचन समितिले औपचारिक रुपमा परिणाम सार्वजनिक गर्ने तयारी गर्दै छ ।
पराजित भएका केसी मतगणनास्थलबाट बाहिरिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।