ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जलि दिइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जलि दिइसकेको बताएका हुन् ।

एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको समेत बताए ।

अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागि दलकाअघि ओलीको केही नलाग्ने ठोकुवासमेत गरे ।

‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाई दिसकेको छ,' उनले भने, 'पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेबेला कोही छैन त्यहाँ भनेर ।’

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरूको हबिगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १७:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया