का‌ग्रेसको केन्द्रीय सदस्य बन्न विनोद चौधरी र उमेश श्रेष्ठको योग्यता पुगेन

नेपाली कांग्रेसबाट सांसद बनेका दुई उद्यमी उमेश श्रेष्ठ र विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बन्न अयोग्य ठहरिएका छन् । कांग्रेसको विधानका कारण उनीहरु केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धामा गर्न नपाउने भएका हुन्। 

श्रेष्ठ र चौधरीले कांग्रेसको क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन। कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ। 

उमेश श्रेष्ठ दोस्रो संविधानसभा भन्दा केही समयअघि कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने चौधरी दोस्रो संविधानसभाको समयमा कांग्रेस प्रवेश गरेका थिए। 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १८:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया