मेक इन नेपालको वेबसाइट र एप सार्वजनिक

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।

परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो ।

गत फागुन महिनाको २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियानअन्तर्गत हालसम्म ४० वटा कम्पनीहरू आवद्ध भएका छन् । ती कम्पनीहरूबाट उत्पादन हुने वस्तु तथा सेवाहरूमा स्वदेशी अभियानको लोगो हुनेछ ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मेक इन नेपाल अभियानले उत्पादनमूलक अर्थतन्त्रका साथै मुलुकभित्र रोजगारी र पूँजी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उद्योगमैत्री वातावरण कसरी बनाउन सकिन्छ भनी आफूहरुले काम गरि रहेको बताए ।

त्यसका लागि हालसम्म ३४ वटा समूहहरू पहिचान गरेको र जसमध्य १० वटामा यही वर्षदेखि काम सुरु गर्ने जानकारी दिए । पूर्वाधारसँग सम्बन्धित काम सुरु भइ अगाडि बढी सकेको बताउँदै सरोकारवाला निकाय तथा विज्ञहरूसँगको छलफलपछि काम अगाडि बढाउनेसमेत उनले जानकारी दिए ।

मेक इन नेपाल अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस्तै, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत, २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने र हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गरी पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पुर्याउने लगायतको लक्ष्य लिइएको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १९:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया