युइएफए च्याम्पियन्समा लिभरपुलको शतप्रतिशत जित

इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । 

मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गरेको हो ।  

सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १–१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे । 

खेलको २८ औँ मिनेटमा फिकोले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दौ टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे । 

हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।

राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टोलाई पराजित गरेको छ । ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो । 



पराजित पोर्टो ५ अंक र  ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए । 



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ७:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया