सरकारले चाहेर मात्र महिला तथा लैंगिक हिंसा अन्त्य हुँदैन : मन्त्री घर्ती

लुम्बिनी प्रदेश सरकारकाे कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीले लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताएकी छन् । 

पाल्पाकाे माथागढी गाउँपालिकाको दिव्यज्योति नमुना माविमा भएको हिंसाविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  

सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने मन्त्री घर्तीकाे भनाइ छ ।

सरकारले चाहेर मात्र महिला तथा लैंगिक हिंसा अन्त्य नहुने भन्दै उनले घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले सहकार्य र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरिन् । 

कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताइन्।

यसैगरी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्नेमा जाेड दिइन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया