एमालेकाे केन्द्रीय कमिटी बैठक बस्दै, विविध विषयमा छलफल हुने

आजदेखि नेकपा एमालेकाे केन्द्रीय कमिटीकाे  बैठक सुरु हुने भएकाे छ । बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा शनिबार दिउँसाे १ बजेदेखि सुरु हुने  केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो । 

तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजनलगायतमा छलफल हुनेछन्।  

यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियानलगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिएका छन ।

गत १० मंसिरमा १०औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया