मतगणना नसकिँदै सभापतिका उम्मेदवार गुरुङले दिए प्रतिनिधिलाई धन्यवाद

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचनमा सभापतिका उम्मेदवार रहेका कल्याणकुमार गुरुङले मतगणना नसकिँदै मतदातालाई धन्यवाद दिएका छन् । 

‘आफ्नो अमूल्य मत दिएर पार्टीको नेतृत्व चयन गर्न अत्यन्त धैर्यताका साथ आफ्नो सक्रिय साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखका छन् ।

गुरुङले आगामी दिनमा थप समर्थनको अपेक्षा राखेको पनि उल्लेख गरेका छन् । 

‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उहाँहरूले प्रदान गर्नु भएको अमूल्य मतको लागि हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै भावी दिनहरूमा अझ बढी साथ, सहयोग, सद्भाव, समर्थन र सक्रियताको अपेक्षा पनि गर्दछु,’ उनले लेखेका छन् । 

२२०६ मत गणना हुँदा सभापतिका उम्मेदवार गुरुङले १० प्राप्त गरेका छन् । मतगणना राष्ट्रियसभा गृहमा जारी छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ७:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया