logo-img

प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक

प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२-१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । 

बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पछिल्लो पटक संशोधन गरिएको विधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाए ।



बैठकले राष्ट्रिय अधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १०:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया