logo-img

मलद्वारमा लुकाएर ल्याएको पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार फ्लाई दुबईको उडानमा दुबईबाट काठमाडौं आएका मोहम्मद सहिद इब्राहिम शेखलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनको को गतिविधि शंकास्पद देखिएकले शंका लागि नियन्त्रणमा लिई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगेर चेकजाँच गर्दा निजको मलद्वारभित्र एक थान धातुजन्य पदार्थ देखिएको प्रहरीले जनाएको छ । निजलाई शौचालयमा लगी शौच गराउँदा मलद्वारबाट सेतो प्लाष्‍टिकले बेरेको अवस्थामा सुनजस्तो देखिने पहेलो रंगको अर्धठोस पदार्थ भेटिएको थियो । 

३७९ ग्राम तौलको उक्त वस्तु लुकाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेकोले निजलाई पक्राउ गरी बरामद भएको दसीसहित अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको एसएसपी राजेशनाथ बास्तोलाले बताए ।







  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया