स्थानीय तहको प्रयत्नमा संघीय सरकारको साथ रहन्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहको प्रयत्नमा संघीय सरकारको साथ रहने बताएकी छिन् । बुधबार महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि उनले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएकी हुन् । 

मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकनका साथै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गरिन् । उनको साथमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मी पनि थिए । 

मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गरिन् । 

मटिहानीमा बालगुरु षडानन्दले शिक्षा आर्जन गरेका मानिने ३०३ वर्ष पुरानो संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाउँमा सञ्चालित छ ।

यहीँ नै संस्कृततर्फ स्नातकोत्तरसम्म अध्ययन–अध्यापन हुने महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) सञ्चालित छ ।

मन्त्री झाँक्रीललाई नगरका तर्फबाट नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर सम्मान गरे । धार्मिक पर्यटनको विकास प्रयत्नमा नगरपालिकाले सम्पन्न गरेको अघि बढाएका योजनाबारे मन्त्री झाँक्रीले जानकारी लिइन् । 



मन्त्री झाँक्रीसँगै उनको भ्रमण टोलीमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको पनि उपस्थिति थियो ।



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया