नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मीनेन्द्र रिजालले बधाई दिएका छन् ।
आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सार्वजनिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् । उनले रक्षामन्त्रीबाट पनि राजीनामा दिइसकेका छन् ।
महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।