न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । गएराति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।  

लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नाेल्डले १/१ गोल गरे । यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए । 

२१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्काे कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए । 

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ७:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया