एमसिसीविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका पार्टीले प्रदर्शन गर्ने
फाइल तस्वीर

विभिन्न राजनीतिक दलले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन् । ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसी पारित गर्न नदिन पुस ६ गते देशव्‍यापी विरोध प्रदर्शन गर्ने भएका हुन् ।

आइतबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, 'गत मंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको संघर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाएको संसद बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराइ लागू गर्ने दुस्साहसपूर्ण हर्कमा देउवा सरकार रहेकाले त्यसलाई असफल पार्न संघर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।'

नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्यनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहनवैद्य किरण, नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीसी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुत, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २०:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया