समता घरेलु लघुवित्तले बाेलायो साधारणसभा

समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मिराबेल रिसाेर्ट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणतर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पेस छ । 

अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल हुने लगायतका एजेण्डा छन् ।

त्यस्तै, संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ । कम्पनीले सभा प्रयोजनार्थ २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गरेको छ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन् । 

समता र घरेलु लघुवित्त मर्जर भएर २ वैशाखदेखि एकीकृत कारोबार भएका कारण घोषित लाभांश रकममा कर छुट हुने कम्पनीले जनाएको छ ।
  





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १०:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया