संसद् बैठकअघि सभामुख बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभाको १० औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद् बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

उनले बैठक बिहान साढे ११ बजे संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा बलाएका हुन् । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

२८ मंसिरमा बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमाले सांसद्हरूले नाराबाजी गरेका थिए ।   





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ८:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया