कांग्रेस प्रदेश–२ अधिवेशन : १ बजेदेखि मतदान सुरु हुने

नेपाली कांग्रेस प्रदेश–२ को प्रथम प्रदेश अधिवेशनको निर्वाचन सुरु हुन ढिलाइ भएको छ । बिहान ८ बजेदेखि निर्वाचन कार्यतालिका तय गरिए पनि अन्तिम नामावली प्रकाशन नभएकोले निर्वाचन सुरु हुन ढिलाइ भएको हो । 

निर्वाचन दिउँसो १ बजेदेखि सुरु हुने निर्वाचन समितिका अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन सुरु हुने बताए । निर्वाचन समितिका सदस्य अरुण यादवले ७४ पदका लागि १८० जनाको उम्मेदवारी परेको जानकारी दिए । 

निर्वाचनमा दुई प्यानलले आ–आफ्नो उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दिएका छन् । प्रदेश-२ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता यादवलाई पूर्वउपभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन रहेको छ भने रौतहटका सभापति कृष्णा यादवलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । 

रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनालले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा प्रदेशसभा सदस्यसमेत रहेका सिराहाका नरेश यादव र सर्लाहीका हरेस महतोको उम्मेदवारी परेको छ । 

त्यस्तै, सोही प्यानलबाट सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् ।

यता, पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको कृष्णा यादवको प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रसमेत रहेका सर्लाहीका नेता वीरेन्द्रप्रसाद सिंहले उम्मेदवारी दिएका छन् ।



उनको प्यानलबाट महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सहमहामन्त्रीमा सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, स्वतन्त्रबाट पनि ५ जनाले उम्मेदवारी दिएका छन् ।



विभिन्न क्लस्टरबाट प्रदेश सदस्यमा उम्मेदवारी दिनेहरूको सूची :

प्रदेश सदस्य खुल्ला– १४ जना

१. बिनय कुमार साह २. जीवनाथ चौधरी ३. समिर कुमार पोखरेल ४. राम नगीना प्रसाद साहु ५. प्रकाश मैनाली ६. नवल किशोर साह ७. जगदीश साह ८. उतिम प्रसाद मण्डल ९. प्रेम चन्द्र झा १०. बासु लाल महतो ११. देव नारायण महतो १२. विवेक जैसवाल १३. प्रेम शंकर सिंह १४. राजेश गिरी (राजु) १५. सूर्यबहादुर थापा १६. लक्ष्मण प्रसाद ठाकुर १७. राज कुमार सिंह १८. अमरेन्द्र सिंह १९. राम लला चौधरी २०. शिव नारायण यादव २१. गोखुल सिंह कुशवाहा २२. भोगेन्द्र मिश्र २३. मो. अख्तर अलि २४. प्रभात कुमार ललन २५. हरि नारायण साह तेली २६. सुरेश प्रसाद यादव २७. सुेरश ठाकुर हजाम २८. प्रभात राय भट्ट २९. नरेन्द्र यादव ३०. राकेश रोशन ३१. मनु अधिकारी ३२. विनोद कुमार यादव ३३. राम चन्द्र यादव ३४. सुरेन्द्र कुमार न्याैपाने ३५. राम बाबु साह ३६. केशव प्रसाद पोख्रेल ३७. सुरेश लाल कर्ण ३८. नुरुल नेसा ३९. रचना श्रेष्ठ माथेमा ४०. प्रेमा कुमारी झा ४१. रञ्जुकुमारी देवी झा ४२. हरिन्द्र प्रसाद यादव ४३. मृत्युन्जय कुमार श्रवास्तव ४४. नन्दकुमार साह ४५. राम चन्द्र मण्डल ४६. गणेश पौडेल ४७. नेपाल कार्की ४८. राज किशोर यादव ४९. लक्ष्मी नारायण यादव

प्रदेश सदस्य महिला– ७ जना

१. चण्डीका ढुंगाना २. मन्जुदेवी गोइत ३. विष्णु माया शर्मा ४. नेजमा खातुन ५. माहामाया देवी ६. शिवकुमारी साह ७. बिन्दा कार्की ८. पिंकी सिंह ९. रेखाकुमारी यादव १०. रञ्जुकुमारी देवी झा ११. रचना श्रेष्ठ माथेमा १२. नरुन रेजा १३. प्रेमाकुमारी झा

प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट एक/एक गरी– ८ जना

१. राम भरोषप्रसाद यादव २. नितेन्द्रप्रसाद साह ३. राकेशकुमार यादव ४. योगेन्द्रप्रसाद कुशवाहा ५. उपेन्द्र प्रसाद जयसवाल ६. आशाराम चौधरी ७. सञ्जयकुमार चर्तुवेदी ८. अरुणकुमार साह ९. पाण्डवकुमार मण्डल १०. सूर्यनारायण राय ११. धर्मलाल राय १२. रामकृष्ण मण्डल १३. प्रदीपकुमार यादव १४.रामदयाल यादव १५.सुनील ठाकुर

प्रदेश सदस्य प्रत्येक जिल्लाबाट एक/एक महिला– ८ जना

१. सीता कुमारी मैनाली २. विमला देवी साह ३. रेखा यादव ४. शिला देवी मण्डल ५. पदमा कुमारी अधिकारी कोइराला ६. निर्मला देवी ७. अंजु झा ८. उषा देवकोटा ९. भावना ढुंगेल घिमिरे १०. जशोधा कुमारी ११. जिवछी कुमारी देवी

प्रदेश सदस्य खस आर्य– १ जना

१. निरमुनि मैनाली २. प्रमेश पोखरेल ३. उमेश कुमार बस्नेत ४. गुरु प्रसाद गौतम

प्रदेश सदस्य आदिवासी जनजाति खुला– १ जना

१. वीरेन्द्रकुमार सिंह २. कृष्णकुमार लामा ३. बालेश्वर मण्डल

प्रदेश सदस्य आदिवासी जनजाति महिला– १ जना

१. रत्ना लामा २. मनमाया तामाङ

प्रदेश सदस्य मधेशी खुल्ला– ७ जना

१. सुर्वण महतो २. जगत नारायण प्रसाद यादव ३. शितल प्रसाद मण्डल ४. वैद्यनाथ प्रसाद गुप्ता ५. महेश प्रसाद सिंह दनुवार ६. राज कुमार महतो ७. संजय कुमार चौरसिया ८. गुदर यादव ९. राज हंस साह १०. सरोज कुमार यादव ११. अच्छेलाल यादव १२. शिव कुमार सर्राफ १३. रामाकान्त प्रसाद चौरसिया १४. लोकनारायण यादव १५. भुवनेश्वर प्रसाद यादव १६. विनोद कुमार साह

प्रदेश सदस्य मधेशी महिला– ६ जना

१. बबिताकुमारी साह २. विनिता तिवारी ३. लक्ष्मीकुमारी महतो ४. सीताकुमारी पासवान ५. ममता महतो ६. नितु यादव ७. राजश्री यादव ८. पार्वतीदेवी माझी ९. मालती देवी चौधरी १०. अर्चना चौधरी ११. अनितादेवी श्रीवास्तव १२. निलम कर्ण

प्रदेश सदस्य दलित खुल्ला– ३ जना

१. कमल परियार २. भुवनेश्वर सफी ३. मदनबहादुर विक ५. राम हृदय मण्डल खत्बे ६. रविलाल पासवान ७. बुनेल राम ८. रूपनारायण साफी ९. बलराम खंग खत्बे १०.उमेश पासवान

प्रदेश सदस्य दलित महिला– २ जना

१. प्रमिलादेवी दास २. पवनीदेवी खंग ३. प्रमिलाकुमारी सदा ४. विन्दाकुमारी पासवान ५. रञ्जु देवी दास तत्मा

प्रदेश सदस्य खुल्ला थारू– १ जना

१. रितनारायण चौधरी २. उदयनारायण चौधरी

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ११:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया