न्याय सेवा आयोगको बैठक स्थगित

न्याय सेवा आयोगको बैठक स्थगित गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले  बुधबार दिउसो ३ः३० बजेका लागि बोलाएको आयोगको बैठक स्थगित भएको हो । 

आयोगका सदस्यसमेत रहेका लोकसेवा आयोग अध्यक्ष काठमाडाैंबाहिर रहेकाले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताए । बैठकका लागि अर्को मिति भने तोकिएको छैन ।

गत साउनमा लिइएको जिल्ला न्यायाधीशको परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ताको मिति तोक्नेलगायतका विषय राखेर प्रधानन्यायाधीश जबराले बैठक डाकेका थिए ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुमार कार्की), कानुन न्याय तथा संसदीय मामिलामन्त्री (दिलेन्द्र बडू), महान्यायाधिवक्ता (खम्मबहादुर खाती) र लोकसेवा आयोगका अध्यक्ष (माधवप्रसाद रेग्मी) सदस्य छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया