एमालेले टेरेन सभामुख सापकोटाको आग्रह
फाइल फाेटाे

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले आज पनि बेवास्ता गरिरहेका छन् । 

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद रोस्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका छन् । 

सोही बेला सभामुख सापकोटाले संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका छन् ।

संसद बैठक सुचारु हुने वातावरण बनाउन विशेष आग्रह गरे पनि एमाले सांसदले बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया