प्रधानमन्त्री कप : समूह विजेता बन्दै एपिएफ सेमिफाइनलमा
फाइल तस्वीर

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टाेली एपिएफले लगातार तेस्रो  जित निकाल्ने क्रममा बिहीबार गण्डकी प्रदेशलाई ११७ रनले पराजित गरेकाे छ ।

याे जितसँगै समूह 'बी'बाट विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेकाे छ ।

त्यस्तै याे समूहबाट सुदूरपश्चिमले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायाे ।

१५१ रनकाे विजयी लक्ष्य पछ्याएकाे गण्डकीले २० ओभर नै ब्याटिङ  गरे पनि ७ विकेट गुमाउँदै ३३ रन मात्र बनाउन सक्याे ।

गण्डकीका लागि कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । उसका लागि कप्तान शीला क्षेत्रीले सर्वाधिक ८ रनकाे याेगदान दिइन् ।

एपिएफका लागि करूणा भण्डारी र सुष्मा श्रेष्ठले  २/२  तथा  साेनु खड्का, सुमन विष्ट र कप्तान सीता रानामगरले १/१ विकेट हात पारे ।



यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे  एपिएफले  निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५०  रन बनाएको थियो ।

एपिएफका लागि  ममता चाैधरीले सर्वाधिक ४३ रनकाे याेगदान दिइन् । ३० बलकाे सामना गरेकी उनले ६ चाैका प्रहार गरिन् ।



सरिता मगर २६ रनमा अविजित रहँदा  राेमा थापाले पनि २६ रन नै बनाइन् ।

गण्डकीका लागि  मनिषा उपाध्यायले १ विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

याेसँगै ३ खेलमा शतप्रतिशत जित हात पारेकाे एपिएफले ६ अंक जाेड्दा तीनै पराजय बेहाेरेकाे गण्डकी अंकविहीन बन्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

सेमिफाइनलमा एपीएफले लुम्बिनी र सुदूरपश्चिमले प्रदेश १ काे सामना गर्नेछन्  ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया