माधव नेपाल र हामी ढिलो चाँडो एक ठाउँमा हुन्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता हुन सक्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यसअघि पनि सँगै रहेको उल्लेख गर्दै उनले माधव नेपाल पनि ढिलो चाँडो एक ठाउँमा आउने बताए । 'माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ । हामी यसअघि पनि आफैँ छुट्टिएको होइन' उनले भने ।

उनले जबरजस्ती निर्वाचन जितेर नेतृत्व सही आउन नसक्ने बताए । नेतृत्वले औपचारिकता मात्र नभइ विचार र जनमत बोक्नुपर्ने उनको भनाइ छ । उनले बुर्जुवाले जस्तो निर्वाचन नचाहेको बताए ।

'निर्वाचन हामीकहाँ निषेध छैन । यसअघि पनि हामीले यसको प्रयास गरेका थियौँ, नेतृत्व भनेको औपचारिक मात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउछ भन्ने पनि हुँदैन, हामी बुर्जुवाले जस्तो निर्वाचन चाहदैनौं तर हामी निर्वाचन हुनु हुँदैन पनि भन्दैनौँ' उनले भने ।

उनले आफूहरू जनतासँग जोडिर अगाडि बढ्ने धारणा राखे । उनले अहिले देश दुई धारमा विभाजित भएको बताए । उनले शान्ति प्रक्रियामा आएपछि कमीकमजोरी भएको पनि स्वीकार गरेका छन् ।

'सबै नेताहरू फिल्डमा जाने मजदुर बस्तीमा जाने समाजवाद आर्थिक क्रान्तिको कुरा गर्नुपर्छ । हामी जनतासँग जोडिन्छौं' उनले भने 'देशको राजनीति दुई धारमा छ, एउटा संघीयता धर्मनिरपेक्ष ठीक छैन र अरको यसलाई रक्षा गर्नुपर्छ भन्ने छ ।'



उनी संसद अवरुद्ध पारेको नेकपा एमालेप्रति असन्तुष्टि प्रकट गरे । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने योजना बनाएको पनि बताए । 'पटक पटक प्रधानमन्त्रीले बैठक बोलाउने तर उहाँ नआउने, मैले प्रधानमन्त्री र म भएर बालकोट जाऊँ भनेको हो, प्रधानमन्त्रीले महाधिवेशनपछि भन्नुभएको छ ।'



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १६:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया